काठमाण्डु – काठमाण्डुको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव भेटिएको छ । शनिबार राति मित्रनगरको एक होटलमा स्याङ्जाका नारायाणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो ।
मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । उनले मृतकको घुडामा चोट लागेको जस्तो देखिएको बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्न प्रहरीले घर्तीसँगै होटलमा बसेका दुई जनालाई पक्राउ गरेको छ ।




प्रतिक्रिया