प्रदेश २ मा नेपाल पक्षबाट संसदीय दलको नेता परिवर्तन, सत्यनारायण मण्डललाई हटायाे

प्रदेश २ मा नेपाल पक्षबाट संसदीय दलको नेता परिवर्तन, सत्यनारायण मण्डललाई हटायाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले प्रदेश नम्बर २ का संसदीय दलको नेता परिवर्तन गरेको छ । नेपाल समूहले सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो ।

आइतबार जनकपुरमा बसेको संसदीय दलको बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । बैठकले रवीन्द्र बैठालाई उपनेता, सुन्दर विश्वकर्मालाई प्रमुख सचेतक र बेची लुङ्गेलीलाई सचेतकमा चयन गरेको छ ।

प्रदेशसभाको बैठक भोली सोमबार बस्दैछ । बैठक अगाडि नै नेपाल पक्षलेसंसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक गरेको हो ।

प्रदेश २ मा एमालेका २१ जना सांसद छन् । ओली पक्षमा ८ जना छन् भने नेपाल पक्षमा १३ जना सांसद रहेका छन् ।