सरकारमा जाने विषयमा जसपाले थाल्यो आन्तरिक छलफल

सरकारमा जाने विषयमा जसपाले थाल्यो आन्तरिक छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीले सरकारमा जाने विषयमा आन्तरिक छलफल थालेको छ ।

आइतबार अध्यक्ष महन्थ ठाकुर समूह र उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षबीच नयाँ सरकार गठनका विषयमा छलफल गुरु भएको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले बैठक आजबाट सुरु भएको र केहीदिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । उनले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई सहयोग गर्ने काम नहुने स्पष्ट पारेका छन् ।

‘यही सरकारमा जाने विषय असम्भव छ । प्रतिगमनकारीसँग क्रान्तिकारी कहिले मिल्छ र ?’, उनले प्रश्न गरे ।

सरकारमा जाने विषयमा जसपाभित्रै दुई धार देखा परेका छन् । अध्यक्ष ठाकुर पक्षले सरकारलाई निरन्तरता दिनुपर्ने बताउँदै आएको छ । यता उपेन्द्र–बाबुराम पक्षले नयाँ सरकार गठन प्रक्रियामा जानुपर्ने बताएको छ ।

गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको माओवादी केन्द्र र जसपाको बैठक बिना निष्कर्ष टुंगिएको थियो । जसपाले केहीदिन आन्तरिक छलफलका लागि समय माग गरेपछि बैठक निष्कर्ष विहीन बनेको थियो ।