कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः आरोपित सबैले पाए सफाई

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः आरोपित सबैले पाए सफाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा उच्च अदालत पाटनले हत्या आरोपित सबैलाई सफाई दिएको छ ।

आज न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले जिल्ला अदालत चितवनको फैसला सदर गरेको हो । २४ जेठ २०६१ मा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । २४ भदौ २०७५ मा जिल्ला अदालत चितवनले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएको थियो । त्यस बेला अर्का एकजना प्रतिवादी रुद्र आचार्य फरार थिए ।

घटनापछि आफ्नो छोराको हत्या भएको भन्दै दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सुनुवाइ नभएको भन्दै बुवा नन्दप्रसाद र आमा गंगामायाले अनसन थालेका थिए । अनसनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ ।