काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई चौथो पटक सरकारबाट हटाउने बताएका छन् ।
आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीनपटक अोलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास गरेको र चौथो पटक हटाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रधानमन्त्र अोलीलाई संसद विघटनपछि दुई पटक हटाएको बताए ।
‘केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौं । एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता ग¥यौं । दल नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो’, उनले भने, ‘दुई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले केपीलाई पार्टी सदस्यबाट समेत हटाइयो ।’
अध्यक्ष प्रचण्डले कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने पनि बताए । ‘केपीको निरन्तरताका विपक्षमा उभिनेहरु मिलेर सरकार बनाउने हो,’ उनले भने ।
उनले के भने ?
केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौं । एकपटक संसदीय दलमा बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता ग¥यौं । दल नेताबाट ओलीलाई हटाएर मलाई सर्वसम्मत बनाइयो । दुई पार्टीको केन्द्रीय समितिको ७० प्रतिशतले केपीलाई पार्टी सदस्यबाट समेत हटाइयो ।
संविधानअनुसार दल नेता नरहेपछि प्रम जान्छ नि । जानुपर्ने हो । हामीले त हटाइदियौं । मैले राजनीतिक भाषा बोलेको होइन । कानूनी संवैधानिकरुपमा नै भनिरहेको छु । राष्ट्रविरोधि, लोकतन्त्रविरोधि, संविधानविरोधि काम गरेको तथा पार्टी अनुशासन पालन नगरेको कारणले उनलाई हटाइयो ।
संविधान–कानूनअनुसार बहुमतले हटायौं भनेर निर्वाचन आयोगमा आफैं उपस्थित भएर पनि भन्यौं । हामी यहाँ छौं भन्यौं । तर निर्वाचन आयोगले निर्णय गरेन, जो गर्नैपर्थ्यो। ७० प्रतिशतलाई मान्यता नदिएर ३० प्रतिशतलाई प्रधानमन्त्री भनिराख्न मिल्दै मिल्दैनथ्यो । तर त्यही भयो । हाम्रो तर्फबाट त हामीले जितेकै हो ।
तेस्रोपटक चाहिँ, उहाँले संसद विघटनको प्रस्ताव गर्नुभो । हामीले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्यौं । अरु पार्टीले पनि भने । जनता लाखौं सडकमा उत्रे । अदालतले पनि जनताको त्यो देखिसकेपछि संसद विघटनकाविरुद्ध पुनस्थापनाको निर्णय लियो ।
यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसलाई अदालतले उल्टाइदिएपछि तुरुन्तै प्रधानमन्त्रीबाट हटाउनुपर्थ्यो । दुनियाँको कोही मान्छे बसिराख्दैन यसरी लाज, घिन पचाएर । तर विडम्बना भन्नुपर्छ, अहिलेसम्म नकच्चरो भएर केपी प्रधानमन्त्री पदमा बसिरहेका छन् । तीनपटक त हामीले हटायौं । अब चौथोपटक केही दिनभित्रै हटाउँछौं । हेरौं चौंथोपटक के हुन्छ ? केही दिनभित्रै हुन सक्छ ।




प्रतिक्रिया