असुरक्षित बन्दै काठमाण्डु उपत्यका

असुरक्षित बन्दै काठमाण्डु उपत्यका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाण्डु आतंकित बनेको छ ।राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेकजाँचबिना काठमाडाै भित्रनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ ।

यता महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंहले प्रहरीको एक्लो प्रयासले यो समस्या समान गर्न नसक्ने भएकाले सबै निकाय चनाखो हुनुपर्ने बताए । ‘सुरक्षा निकायको काम भनेको सुरक्षा दिने हो । हामीले सुरक्षा दिएका छौं, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई नाकामा के गर्ने भनेर पत्राचार गरेका छौं ।’ –एसएसपी सिंहले भने ।-यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।