विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले गठनपाठन प्रभावित हुनेगरी विद्यालय बन्द नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठकले तीन साता विद्यालय बन्द गर्ने प्रस्ताव ल्याएको थियो ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै लागू हुनेछ । त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइनमार्फत कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको थियो ।