कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएकाे छ । सोमबार दिउँसो २ बजेका लागि बाेलाइएकाे बैठक स्थगित भएकाे केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

सभापति शेरबहादुर देउवाले बैठक स्थगित भएको सूचना दिएको उनले बताइन् । आइतबार बसेको पदाधिकारी बैठकले एजेण्डा तय गर्न नसक्दा बैठक स्थगित गर्नुपरेको सभापति देउवाले बताएका छन् । हिजोको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपश्चित थिए ।

बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनको समय थप गर्ने एजेण्डा तय भएकाे थियाे । गत चैत २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता वितरण गरिसक्ने निर्णय गरेको थियो ।

तोकिएको समयमा क्रियाशील सदस्यता बाँड्न नसकेपछि आजको बैठकले पुनः समय थप्ने कार्यसूची राखिएकाे थियाे  ।