मन्त्रिपरिषद्को बैठक बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुने

मन्त्रिपरिषद्को बैठक बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले गरेका विभिन्न सिफारिसबारे छलफल हुने स्रोतले जानकारी दियो ।

शनिबार बसेको सीसीएमसीको बैठकले शैक्षिक संस्था तीन साता बन्द गर्नुपर्नेलगायतका ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण बढेको भन्दै ११ बुँदे प्रस्ताव तयार पारेको हो ।