काठमाण्डु – नेकपा एमाले झलनाथ खनाल – माधव नेपाल समूहले ६५ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा अोलीले फागुन २८ गते एकलौटी संगठन विस्तार गरेको विरोधमा खनाल–नेपाल पक्षले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेर समानान्तर कमिटी घोषणा गर्ने निर्णय गरेको थियो ।
खनाल–नेपाल पक्षले २०७५ जेठअघिको पार्टी संरचना ब्युँताउने निर्णय गरेको थियो । त्यसैअनुसार खनाल–नेपाल समूहले यसअघि सात वटै प्रदेशमा इन्चार्ज तोकिसकेको छ ।
प्रदेश नम्बर एकमा भीम आचार्य, दुईमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावल इन्चार्ज रहेका छन् ।
यी हुन् ६५ जिल्लाका जिल्ला अध्यक्ष:





प्रतिक्रिया