विप्लवका दाई वीरगंजलाई अदालतमा उपस्थित हुन २१ दिने अल्टिमेटम

विप्लवका दाई वीरगंजलाई अदालतमा उपस्थित हुन २१ दिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत रुपन्देहीले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई अदालतमा उपस्थित हुन सूचना जारी गरेको छ ।

अदालतले विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि २१ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको हो । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ अदालतले जारी गरेको सूचनामा भनिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बयानका लागि बोलाइएको अदालतले जनाएको छ ।

गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए । साथै सरकारले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मुद्दाहरु खारेज गर्ने सहमति जनाएको थियो ।