काठमाण्डु – नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई तुरुन्त संसद्को बिजनेस बनाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले ३÷४ वर्षअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहमति भएको एमसीसी किन रोकेर राखेको भन्दै प्रश्न गरे ।
उनले एमसीसी सभामुख समक्ष थन्को लागेको बताए । ‘एमसीसी आज थान्को लगाएर सभामुख महोदय तपाइ समक्ष छ । सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हित अनुकूल बनाइन्छ,’ उनले भने, ‘सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेझैं गरिन्छ ।’
सांसद अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा अन्य विषयमा कुराकानी हुने गरेको भए पनि एमसीसीको विषय भने कुरै नउठ्ने भन्दै तुरुन्त एमसीसीलाई बहसको विषय बनाउन माग गरे ।
शून्य समयमा के भने अधिकारीले ?
दुई चार वर्षै भयो, एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो। आज त्यो थन्को लागेर तपाईं (सभामुख) समक्ष छ। अरुअरु विषाय त कहिलेकाहीँ कार्यव्यवस्थामा पनि कुरा हुन्छ। यो एमसीसीलाई राष्ट्रिय हित अनुकूल बनाइन्छ, सत्ता बाहिर हुँदा ।
सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेझैं गरिन्छ । यो संसद्मा तीन वर्ष, चार वर्ष कति वर्षसम्म लड्काउने हो ? यो एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसद्को बिजनेश र विषय बनाइयोस् भनेर जोडदार माग गर्दछु ।




प्रतिक्रिया