माधव नेपाललाई ओलीले भनेः आत्मआलोचना गरेर फर्किनुस्, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्छौं

माधव नेपाललाई ओलीले भनेः आत्मआलोचना गरेर फर्किनुस्, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मआलोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाललाई अहिलेपनि पार्टीबाट निष्काशन नगरिएको भन्दै आत्मआलोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । उनले गुटबन्दी गरेर पार्टी ध्वस्त पार्न आउनेलाई ठीक पार्ने समेत चेतावनी दिए ।

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं। आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं,’ उनले भने, ‘तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्छौं, माधवजी अहिले पनि बोलिरहनुभएको छ । मैले उहाँको सीमा हेरिरहेको छु ।