कांग्रेस सांसदको प्रश्नः सरकार ! चुच्चे नक्सा कता गयो ?

कांग्रेस सांसदको प्रश्नः सरकार ! चुच्चे नक्सा कता गयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपालको चुच्चे नक्सालाई लुकाएको भन्दै आपत्ति जनाएकी छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत सांसद संग्रौलाले संसदबाट पारित भएको राजनीतिक नक्सालार्य सरकारले लुकाएकोमा आपत्ति जनाएकी हुन् ।

‘सार्बभौमसम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनितिक भूगोलको नक्सालाई सरकारले किन लुकाएको ?’, उनले प्रश्न गरिन् ।

सांसद संग्रौलाले चुच्चे नक्सा सनकका भरमा हराएको भन्दै सरकारसँग जवाफ माग गरेकी छिन् ।

‘अन्तरास्ट्रिय कम्युनिस्ट सरकारले रास्ट्रको सिमाका बारेमा नेपाली जनतालाई जबाफ दिनु नपर्ने ? रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो र ? सरकार ! चुच्चे नक्सा कता गयो ?’, उनले प्रश्न गरिन् ।

केही दिनअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभुषणमा नेपालको नयाँ चुच्चे नक्सा नराखिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।