काठमाण्डु – भारतीय जनता पार्टीका नेता काठमाण्डुमा महत्वपूर्ण भेटवार्ता गरी फर्किएका छन् ।
बीजेपीका सांसद देबेन्द्र सिंह भोले एक दिने काठमाण्डुको राजनीतिक भेटवार्ता सकेर स्वदेश फर्किएका छन् । उनले विभिन्न नेताहरुसँग भेटवार्ता गरेर सोमबार बिहान ११ बजे भारत फर्किएको स्रोतले जानकारी दियो ।
उत्तर प्रदेश कानपुर क्षेत्रका सांसद समेत रहेका भोले आइतबार अपरान्ह काठमाण्डु ओर्लिएका थिए । नेपालमा सत्ता समीकरणको खेल चलिरहेका बेला सांसद भोलेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
केपी ओली नेतृत्वको सरकारमा जाने वा कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा सहभागी हुने भन्ने विषयमा जनता समाजवादी पार्टीभित्र विवाद बढिरहेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष अोली सरकारलाई समर्थन गर्ने मनस्थितिमा छ भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले नयाँ सरकार निर्माणमा सहयोग गर्नुपर्ने बताउँदै आएको छ ।
नेपाली कांग्रेसले सरकार निर्माणका लागि आवश्यक संख्या नपुग्ने संकेत पाइसकेको छ । सभापति शेरबहादुर देउवाले जसपाको ढुलमुले नीतिका कारण नयाँ सरकार गठनमा संख्या नपुग्ने छाँट पाइसकेका छन् ।




प्रतिक्रिया