कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति र स्थान सार्वजनिक, तपाईको पालाे कहिले ?

कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने मिति र स्थान सार्वजनिक, तपाईको पालाे कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने मिति र स्थान सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई बैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउने भएको हो । स्वास्थ्य मन्त्रालयले आफुलाई पायक पर्ने नजिकको केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

विश्वभर कोरोना भाइरस महामारी फैलिएको करिब एक वर्षपछि नेपालमा माघ १४ देखि खोप अभियान सुरु गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार लगायत फ्रन्ट लाइनमा खटिएर काम गर्ने व्यक्तिहरुलाई लगाइएको थियो ।