भारतीय दूतावास र काठमाण्डु विश्वविद्यालयले अम्बेडकर जयन्ती मनाए

भारतीय दूतावास र काठमाण्डु विश्वविद्यालयले अम्बेडकर जयन्ती मनाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुस्थित भारतीय दूतावास र काठमाण्डु विश्वविद्यालयले अम्बेडकर जयन्ती मनाएका छन् ।

सोमबार भारतीय स्वतन्त्रताको ७५ औं वर्षमा हाल सन्चालन भइरहेको ‘इन्डिया@रेट ७५’नामक कार्यक्रमकै एक हिस्साको रुपमा काठमाण्डुस्थित भारतीय राजदूतावास तथा काठमाण्डु विश्वविद्यालयले चैत्र ३० गते अम्बेडकर जयन्ती मनाएका हुन् । उक्त कार्यक्रममा आजको वैश्विक परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकताबारे छलफल भएको थियो ।

उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाण्डु विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा. केदारनाथ शर्माको उपस्थिति थियो । सो कार्यक्रममा काठमाण्डु विश्वविद्यालयका विद्यार्थीहरु पनि सहभागि थिए ।

उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा आफ्नो योगदानबारे प्रकाश पारेका थिए । भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुसरण गर्न प्रेरित गरेका थिए ।

त्यस्तै डा.ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिका बारे चर्चा गर्दै यसमा डा. अम्बेडकरको विशेष भूमिका बारे सबैलाई जानकारी गराएका थिए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा र स्कुल अफ आर्ट्सका डिन प्राध्यापक डा. सागरराज शर्माले पनि भारतीय समाजको रुपान्तरणमा डा. अम्बेडकरको भूमिका बारे चर्चा गरेका थिए । सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि देखाइएको थियो ।