‘नेपाली अर्जुन रेड्डी’ अर्थात शेखर सुवेदी

‘नेपाली अर्जुन रेड्डी’ अर्थात शेखर सुवेदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएको छ । ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन लागि परेका छन् अभिनेता शेखर सुवेदी ।

फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन् । गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिन्छन् ।

केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा देखिएका छैनन् । अभिनेता सुवेदीले हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने बताए ।

‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’, सुवेदीले भने ।

अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट रहेको उनको दाबी छ । ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ ।

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे ।