सेनालाई प्रधानमन्त्रीको निर्देशनः हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्

सेनालाई प्रधानमन्त्रीको निर्देशनः हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुु¥याउन सेनालाई निर्देशन दिएका छन् ।

शिवपुुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालीम समापन समारोहमा उनले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुुचित क्रियाकलापमा मुुछ्ने, शान्ति सुुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुुनुपर्छ ।’

आतङ्कवादको कुनै सीमा नहुने हुुनाले त्यसलाई हाम्रो मुलुुकमा पस्न दिन नहुने बताउँदै उनले भने, ‘आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस् ।’ कुुनै राज्यलाई अप्ठेरोमा पार्नुुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इष्र्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राखे ।

उनले भने, ‘सुुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन् ।’ सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुुन्दरता हो, एकता बल हो ।’

विविधता, सहअस्थित्व, सहकार्य, पारस्परिक सहयोग हाम्रा राष्ट्रिय पहिचान भएको बताउँदै उनले भने, ‘मुुलुकको खतरा भनेको साम्प्रदायिकता हो, हिंसाको राजनीतिबाट नेपाललाई मुक्त गरिएको छ । हिंसा जनताको बाध्यता भए पनि छनोट हुन सक्दैन ।’ लहड र रहरको रुपमा हिंसालाई कहिल्यै छनोट गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध हाम्रो हितमा हुुन्छ, राष्ट्रिय हित न्यायमा आधारित हुुनुपर्छ ।’

राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, जनताको चाहना, सुुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उनले ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र होइन, सरकार र नागरिक समाजको दायित्वभित्र पर्ने बताए ।

विसं २०७७ मा मेलम्चीको पानी आएको, रानीपोखरी उद्घाटन भएको तथा अरु विकास निर्माण र पूूर्वाधार निर्माणका हिसाबले राम्रै रहे पनि कोभिड–१९ को प्रभाव र केही नेताको राजनीतिक छटपटीले देशलाई आक्रान्त तुुल्याएको प्रधानमन्त्रीले धारणा राखे । समारोहमा प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताए । उनले भने, ‘राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छ ।’

राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षबारे जानकार हुनुपर्छ ।’

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहबाट २५ शिक्षार्थीको सहभागिता थियो ।

छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै यसअघि बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारीजस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले कलेजबाट सञ्चालन हुँदैआएको विभिन्न गतिविधिबारे जानकारी दिँदै खुला छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । तालीममा विदेश मामिलाविज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाश प्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिएका थिए ।