सरकारमा पुग्ने चाहाना पुरा नहुँदा केही व्यक्तिले प्रतिगमन भन्दै हल्ला फैलाएः प्रधानमन्त्री ओली

सरकारमा पुग्ने चाहाना पुरा नहुँदा केही व्यक्तिले प्रतिगमन भन्दै हल्ला फैलाएः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा प्रतिगमन नभएको दाबी गरेका छन् । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहाना पुरा हुन नसक्दा प्रतिगमन भन्दै गलत हल्ला फैलाएको बताए ।

‘केही व्यक्ति आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भो भनेर कराइरहेका छन्, लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन्,’ उनले भने, ‘आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ? के हो प्रतिगमन ?।’

प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने बताए । ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन’, उनले भने ।