काठमाण्डु – बाँके, पर्सा र मोरङमा गरि ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मोरङको विराटननगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे ४ बजेतिर मृत्यु भएको हो ।
त्यस्तै पर्साको वीरगञ्ज्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन् ।
सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज बिहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
यस्तै बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमित ती व्यक्तिको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।




प्रतिक्रिया