निजामती ऐनको विरोधमा सिंहदरबार भित्रै कर्मचारीको प्रर्दशन

निजामती ऐनको विरोधमा सिंहदरबार भित्रै कर्मचारीको प्रर्दशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रस्तावित संघीय निजामती सेवा ऐनको विरोधमा सिंहदरबारभित्र निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । बिहीबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीहरुले प्रदर्शन गरेका हुन् ।

कर्मचारीहरुले ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।

ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।

निजामती कर्मचारी सेवासम्बन्धी विधेयक संसदमा पेश गरिएको छ । यसअघि उपसचिव र सहसचिवका रिक्तमध्ये आन्तरिक प्रतिस्पर्धाबाट २०–२० प्रतिशत पदपूर्ति हुँदै आएकामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यो व्यवस्था हटाउन सिफारिस गरिएको हो ।