काठमाण्डु – नेपालमा पनि कोरोनाको नयाँ भाइरस ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ ।
भारतमा फैलिएको नयाँ भाइरस ‘डबल म्युटेन्ट भेरियन्ट’ नेपालमा पनि पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले एक महिनाअघि स्वाब संकलन गरिएका ललितपुरका एक व्यक्तिमा सो भाइरस पुष्टि भएको बताए ।
‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा तीन हप्ताअघि ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना हङकङ पठाएका थियौं । ललितपुरका ति व्यक्ति अहिले सम्पर्कमा छैनन्, अब हामी भोलिदेखि ति र उनको सम्पर्कमा आउनेका यात्रा इतिहास पत्ता लगाउँछौं,’ उनले भने ।
नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । १५ वटा नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको होे ।




प्रतिक्रिया