गण्डकीका मुख्यमन्त्रीको टिप्पणीः काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्‍यो

गण्डकीका मुख्यमन्त्रीको टिप्पणीः काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी ओलीलाई सरकारबाट हटाउन नसकेको रिस पोखरामा पोखेको बताएका छन् ।

बिहीबार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले केन्द्रको राजनीति प्रदेशमा नगर्न चेतावनी दिएका छन् ।

‘काठमाण्डुमा रिस उठेको बिरालोले पोखरामा खाबो चिथोर्छ । केन्द्रको राजनीति यता नगरौं । हटाउने भए संघीय सरकार नै हटाए भयो त । म केपी ओलीको नजिक भएँ भन्दैमा हटाउने रे । नजिक त एकजनासँग भइन्छ नि । केपी ओलीको रिस यहाँ पोखेर हुन्छ ? सक्छौ भने त्यही हटाउन !’, उनले भने ।

आज नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।