काठमाण्डु – प्रहरीले सम्पति खाएर सासुलाई अलपत्र पार्ने जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डुबाट खटिएको टोलीले रेग्मीलाई बल्खुबाट पक्राउ गरेको हो । उनलार्य जेष्ठ नागरिकसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गत चैत २२ मा रेग्मीकी पत्नी राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पनि पक्राउ गरेको थियो । उनी कारागार चलान भएकी छन् ।
सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर ८४ वर्षीया सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ ।




प्रतिक्रिया