रअ प्रमुखसंग जोडेर आएको समाचारप्रति प्रधानमन्त्रीका सल्लाहकारको आपत्ति

रअ प्रमुखसंग जोडेर आएको समाचारप्रति प्रधानमन्त्रीका सल्लाहकारको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई रअ प्रमुखसंग जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

माओवादी निकट केही अनलाईनहरुमा प्रधानमन्त्री ओली र ’रअ’ का प्रमुख सामन्त गोयलबीच सीमालगायतका विषयमा ४ बुंदे सहमति भएको दावीसहितको समाचार आएपछि प्रधानमन्त्रीका सल्लाहकारबाट यस्तो धारणा आएको हो । उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।

‘भारतीय खुफिया एजेन्सीका प्रमुखसंगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह गर्दछु’ । उनले सामाजिक सञ्जाल टिवटरमा लेखेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि राजनीतिक अन्तरसंघर्षमा राष्ट्रलाई बदनाम गराउने षड्यन्त्रपूर्ण खेल कसैले पनि खेल्न नहुने भन्दै त्यस्तो षडयन्त्रलाई प्रोत्साहित नगर्न पनि आग्रह गरेका छन् ।