कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्टयाङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।