काठमाण्डु – माओवादी केन्द्रले चार जना संघीय सांसदलाई बर्खास्त गरेका पत्र निर्वाचन आयोगमा पुगेको छ ।
संघीय संसद सचिवालयले चार जना सांसद रिक्त रहेको जानकारी आयोगलाई गराएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले माओवादी केन्द्रबाट रिक्त रहेका चार जना सांसदको उपनिर्वाचन गराउने विषयमा आयोगले धारणा नबनाएको काठमाण्डुपाटीलाई बताए ।
आयागले धारणा बनाएको छैन । यस विषयमा आयोग र सरकारबीच छलफल हुन्छ । त्यसपछि मात्र के गर्ने भन्ने विषयको टुंगो लाग्छ, उनले भने ।
माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीलाई सांसदबाट बर्खास्त गरेको थियो । एमालेमा लागेका टोपबहादुर रायमाझी अर्घाखाँची, गौरीशंकर चौधरी कैलाली–३, लेखराज भट्ट कैलाली–४ र प्रभु शाह रौतहट ३ बाट निर्वाचित भएका थिए ।
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई पनि बर्खास्त गरेको छ । अब रिक्त रहेका उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ ।




प्रतिक्रिया