प्रचण्डलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

प्रचण्डलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले प्रचण्डलाई फोन गरेर बालुवाटार बोलाएका हुन् । शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले भेट गर्न बालुवाटार बोलाएको बताए ।

‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको धेरै फोन आयो मलाई धेरै समयपछि म एउटा गाउँपालिका भवन उद्घाटन गर्न जाँदैछु, तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु’, उनले भने ।