एमाले सांसद निर्णायक बन्दा कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, सरकार सुरक्षित

एमाले सांसद निर्णायक बन्दा कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, सरकार सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको प्रदेशसभामा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । उनको पक्षमा २२ मत खसेको छ । विपक्षमा १५ मत परेको छ ।

आजको बैठकमा ३७ जना सांसद उपस्थित थिए । योसँगै कर्णाली प्रदेश सरकार सुरक्षित बनेको छ ।   नेकपा एमालेका तर्फबाट सभामुखबाहेक १९ जना, माओवादी केन्द्रको १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । अहिले सरकार गठनका लागि २० सांसद आवश्यक पर्छ ।

आजको मतदानमा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले फ्लोर क्रस गर्दै शाही सरकारको समर्थनमा मतदान गरेका छन् । नेकपा एमालेले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।