ह्वीप उल्लंघन गर्ने कर्णालीका सांसदलाई कारबाही गर्ने एमालेको तयारी

ह्वीप उल्लंघन गर्ने कर्णालीका सांसदलाई कारबाही गर्ने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले कर्णालीका चार जना सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपछि एमालेले कारबाहीको तयारी थालेको हो । सांसदलाई कारबाही गर्ने विषयमा एमालेको संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ ।

आज बसेको प्रदेशसभामा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । त्यसमा माधव नेपाल पक्षका चार जना सांदले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाहीको तयारी भएको हो । एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ह्वीप उल्लंघन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिए । उनले पार्टीभित्रको अराजकता क्षम्य नहुने बताए ।

नेकपा एमालेले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।