प्रधानमन्त्रीमाथि माधव नेपाल पक्षको बदलाः कर्णाली प्रदेशबाट सुरुवात

प्रधानमन्त्रीमाथि माधव नेपाल पक्षको बदलाः कर्णाली प्रदेशबाट सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेशका सांसदहरुले आफ्ना नेता माधवकुमार नेपालमाथि भएको कारबाही रिस फेर्न ह्वीप उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार माअ‍ोवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका चार जना नेपाल पक्षका सांसदहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसद कुर्मराज शाहीले प्रधानमन्त्री अ‍ोलीले केन्द्रबाट सुरुवात गरेकाले आफूहरुले निरन्तरता दिएको बताएका छन् । पार्टीको ह्वीप किन उल्लंघन गर्नुभयो ? भन्ने काठमाण्डुपाटीको प्रश्नमा सांसद शाहीले केन्द्रबाटै नियम उल्लंघन भएकाले प्रदेशमा हुनु स्वभाविक भएको बताए ।

‘कर्णाली प्रदेशबाट सुरुवात गरिदिएका हौं । एकदिन अवस्य कारबाही हुन्थ्यौं । माधव नेपालमाथि कारबाही भएकाले हाम्रो औचित्य थिएन’, उनले भने ।

सांसद शाहीले माधव नेपालबाट कुनै निर्देशन नआएको बताए । उनले नेपालले तपाईहरु जे मन लाग्छ त्यही गर्नुस् भन्ने जवाफ आएपछि आफूहरुले यस्तो बाटो अपनाएको बताए ।

अर्का सांसद अमरबहादुर थापाले केन्द्रमा सर्वोच्च अदालतको निर्णय उल्लंघन भइसकेकाले पार्टीको ह्वीप उल्लंघन गर्नु ठूलो कुरा नभएको बताए । उनले माधव नेपाललाई कारबाही गरेपछि हाम्रो स्थिति के होला भन्दै प्रश्न गरेका छन् ।

‘माथि पार्टीको निर्णय त उल्लंघन भइसक्यो । सर्वोच्च अदालतको निर्णय उल्लंघन भइसक्यो भने यो ह्वीप उल्लंघन गर्नू कुन ठूलो कुरा मान्नुभयो ? पार्टी दुईधारमा बाँडिएको छ । दुई धारमा बाँडिएको पार्टी माधव नेपाललाई कारबाही गरेपछि हाम्रो के स्थिति होला ? पार्टीभित्र दुई तिर बनाएर गइसकेपछि अतिवादकाविरुद्धमा हामी लाग्नैपर्यो नि’, उनले भने ।

माधव नेपाल पक्षका चार जना सांदले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।