काठमाण्डु – नेकपा एमालेले चार जना सांसदलाई कारबाही गर्न सिफारस गरेको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै चार जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउन प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको ओली पक्षका कर्णालीका नेता गुलावजंग शाहले जानकारी दिए ।
कारबाहीका लागि सिफारिस हुनेहरुमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही रहेका छन् ।
त्यस्तै विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।




प्रतिक्रिया