जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।

उनले आज अपराह्न ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गर्दै सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट नेपालसहित विश्वभर तीव्र रुपमा फैलिरहेको छ । सरकारले पनि भीडभाड नगर्न, सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको छ ।