काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले एमसीसी रोकेर राख्न नमिल्ने धारणा राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नी सापकोटाले दुई बर्षदेखि एमसीसी रोकेर राखेको भन्दै सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने धारणा राखेका हुन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आजको बैठकले ३ वटा निष्कर्श निकालेको बताएका छन् ।
यस्ता छन् आजको सर्वदलीय बैठकका निष्कर्ष –
१.सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन। दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ । बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ। निर्णय जे गर्ने हो, सदनले गर्छ ।
२. स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्छ ।
३. कोभिड – १९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्छ ।




प्रतिक्रिया