काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले पार्टी फुट्न सक्ने संकेत गरेका छन् । शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै नेता रावलले पार्टी फुट्न सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।
‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ । हामी विभाजनलाई रोक्न झण्डा उठाइरहेका छौं,’ उनले भने, ‘तर, भोलि निर्वाचनमा जाने स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार भइरहनुहोला ।’
आजभन्दा तीन वर्षयता एमाले पार्टी होइन नेकपा भएको सम्झँदै उनले कतिले यसअघिको चुनावमा एमालेले हँसिया–हथौडामा र कति माओवादीले सूर्य चिन्हमा भोट हालेको बताए । नेता नेपालले विगत सम्झँदै एमालेको चुनाव चिन्ह आफुले निर्वाचन आयोगबाट ल्याएको दाबी उनले गरे ।




प्रतिक्रिया