सुर्खेत – कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।
नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।
शुक्रबार संसदबाट विश्वासको मत लिईसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका हुन्। यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए।
३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।




प्रतिक्रिया