काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला कांग्रेस महाधिवेशन केन्द्रीत छलफलमा जुटेको हो ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप्ने तथा नयाँ सत्तासमिकरण लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।
यसअघि चैत ३० गतेका लागि बाेलाइएकाे केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण स्थगित भएको थियो ।




प्रतिक्रिया