काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सर्वदलीय बैठकप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले चेइ नभनी कुकुर पनि कसैको घर जादैन भनेर व्यङ्ग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो–सीसीएमसी बैठक बहिष्कार पो भएछ !,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।




प्रतिक्रिया