एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मकः डा सङ्ग्रौला

एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मकः डा सङ्ग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’ सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने बताएकी हुन् । ‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उनले भनिन् ।

डा सङ्ग्रौलाले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।