काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।
आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जन जातीय संस्कार र संस्कृति’को लोकार्पण गर्दै सभापति देउवाले आफु प्रधानमन्त्री पदमा लालायित नभएको तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताएका हुन् ।
‘मलाई प्रधानमन्त्री पदमा लालायित छैन । तर, नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्दैन,’ उनले भने ।देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म यो सरकार बहुमतकै अवस्थामा रहने भन्दै बहुमतको सरकारसँग निहु खाज्नुको अर्थ नरहेको बताए ।
उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले निहुँ खाज्ने कुरै आउँदैन, निहुँ खाज्नुको पनि अर्थ रहँदैन ।’




प्रतिक्रिया