प्रधानमन्त्रीलाई विप्लवले सोधेः सहमति कार्यान्वयनमा किन ढिलाइ ?

प्रधानमन्त्रीलाई विप्लवले सोधेः सहमति कार्यान्वयनमा किन ढिलाइ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा खारेजी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनमा भएको ढिलाई बारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले गरेको सहमतिमा सकारात्मक रहेको र यथाशक्य छिटासबै समस्या समाधान गर्ने बताएका थिए ।

ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।