काठमाण्डु – नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध गराउन माग गरेका छन् । माधव नेपाल पक्षमा रहेका बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
उनले फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तकाल रोकिनुपर्छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु हुँदैन ।’
उनले प्रधानमन्त्रीले बोलाएको एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सोमबार बस्ने बैठक स्थगित गर्न माग गरेका छन् ।
उनले यही शैली कायम रहे कठोर संघर्षपछि प्राप्त गरेका लोकतन्त्र, गणतन्त्र, संविधान जस्ता आन्दोलनका महत्वपूर्ण उपलब्धीहरु धरापमा पर्दै जाने चेतावनी दिएका छन् ।





प्रतिक्रिया