काठमाण्डु – कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरु नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापाले प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रालयमा अमर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।




प्रतिक्रिया