हिमाल सफाई अभियानमा कोका–कोलाको नेपाली सेनासँग हातेमालो

हिमाल सफाई अभियानमा कोका–कोलाको नेपाली सेनासँग हातेमालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोका–कोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ ।

हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो। यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उदेश्य राखेको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले भने, ‘हामी खुशी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ । हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ किनकि हामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ ।’

वि. सं. २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाई अभियान २०७६’नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ । अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी सम्मानित छौँ । नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छुँ ।’

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साँझा चाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हाम्रो ग्लोबल ‘वल्र्ड विथआउट वेस्ट’ लक्ष्य भनेको सन् २०३० सम्ममा हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो । हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियान मार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौ ।’

सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोतल र क्यानहरुको बराबरी र रिसाइकल गर्ने उदेश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो । ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहल गरिसकेको छ । आगामी दशकमा नगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाईकलका विभिन्न परियोजनाहरु मार्फत ‘वल्र्ड विथआउट वेष्ट’का उद्येश्यहरु प्राप्त गर्न कार्यहरु सञ्चालन हुनेछन् ।