शैक्षिक संस्था, डान्सबार र पार्टी प्यालेस एक महिना बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

शैक्षिक संस्था, डान्सबार र पार्टी प्यालेस एक महिना बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले एक महिना शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण सस्था बन्द गर्ने निर्णय गरेको हो

बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न नसकिने स्थान पनि बन्द हुने भएको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइने उल्लेख छ ।