बालुवाटार बैठकमा प्रधानमन्त्रीले भनेः प्रचण्ड र माधवलाई जनताले धुलो चटाउँछन्

बालुवाटार बैठकमा प्रधानमन्त्रीले भनेः प्रचण्ड र माधवलाई जनताले धुलो चटाउँछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई जनता धुलो चटाउने बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केपी ओलीलाई भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र नेपाललाई जनताले धुलो चटाउने बताए ।

‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्,’ उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको आरोप लगाएका छन् । उनले नेता नेपालले प्रचण्डको पाउमा एमाले चढाउने र गैर कम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउने खेल खेलेको आरोप लगाए ।

उनले कर्णाली प्रदेशमा माधव नेपाल पक्षबाट ह्वीप उल्लंघन भएको बताए । प्रधानमन्त्री अ‍ोलीले माधव नेपालले प्लोर क्रस गराउने सम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधब नेपालहरुलाई लगाउने बताए ।

‘माधव नेपालहरुले संघियताबिरोधी, अलोकतान्त्रिक, अराजक अनुशासनहीन काम गरेका छन्,’ उनले भने, ‘समानान्तर कमिटी बनाउने र प्लोर क्रस गराउने सम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधब नेपालहरुलाइ लगाउनेछ ।’