जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ, अझै बाँकी छ १२ वर्ष सजाय

जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ, अझै बाँकी छ १२ वर्ष सजाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका-७ घर भएका २७ वर्षीय सुवारु थारु दनुवारलाई प्रहरीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरेको हो।

ललितपुर प्रहरी परिसरका अनुसार गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उनी नख्खु कारागारबाट भागेर फरार भएका थिए।

त्यसअघि नै जबरजस्ती करणी मुद्दामा उनलाई १८ वर्ष कैद सजाय तोकिएको थियो। पक्राउ पर्दा उनले अझै १२ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले उनलाई पक्राउ गरी बाँकी कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ।

जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गर्ने अभियानअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हो।