लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताकाे शपथ

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताकाे शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीले मन्त्री पदको शपथ लिएका हुन् । उनीहरुले सोमबार नेपाली कांग्रेस र माओवादी केन्द्रले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमाथि हस्ताक्षर गरेका थिए ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।