मेरो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन: देउवा

मेरो नेतृत्वमा सरकार बन्ने परिस्थिति छैन: देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने बताएका छन् ।

सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले अहिले परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै आफूले परिस्थिति हेरिरहेको बताए ।

देउवाले कम्युनिष्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । यस्तै उनले हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले भारतको त्वंशरणम् भएको आरोप लगाए ।